वन्द सफल बनाउन भरतपुरको भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट ।

चितवन , ३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा आइतबार बिहानै वम विस्फोट भएको छ । बिप्लव नेतृत्वको नेकपाले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुने सक्ने चितवन प्रहरीको भनाई छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार बिहान ३:४५ बजे होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा विप्लवले सुतली वम पड्काउदा केहि सिसा फुटेको भए पनि अहिले जिल्लामा सुरक्षा कडा बनाउदै सुरक्षामा खलल पुराउने टोलीको खोजी कार्य तीव्र पारिएको जनाएका छन । बिस्फोटबाट कुनै पनि मानविय क्षति नभएको र अन्य विवरण भने आउन बाँकी रहेको छ । साथै विस्फोटका कारण नजिकै रहेको होटल रोयल सेन्चुरीमा समेत केहि क्षति भएको छ । विप्लव सम्हले राखेको बन्दमा यस अघि भाटभटेनी सुपरमार्केट सञ्चालन गएिको कारण कारबाही गरिएको हुनसक्ने जानकारहरुको बुझाई छ ।
यस्तै, जिल्लाकै खैरहनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को कार्यालयमा पनि बम विस्फोट भएको खबर छ ।