नेकपाद्धारा आयोजित नेपाल बन्दको प्रभाव देशभर

बन्द सफल बनाउन दर्जनौं स्थानमा आगजनी र बम विष्फोट

बेशाख ३० । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा भारतीय सेनाको कमाण्डो फोर्सको नेपाल प्रवेश, अरुण–३ शिलन्यास लगायत ओली सरकारका राष्ट्रघाती सम्झौताको विरुद्ध गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । बन्दकर्ताले विहानैदेखि सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड र ठाँउठाँउमा बम विष्फोट गराएको समाचार आईरहेको छ । काठमाडौँमा विहानै दुई ट्याक्सीमा तोडफोड भएको खबर छ ।
त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि. को बसमा अज्ञात समूहले बम विस्फोट गराएको समचार छ । बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।
त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ । बिस्फोटबाट क्षति भने भएको छैन । त्यसैगरी कर छलि गर्नै र कमसल सामग्री बेच्ने गरेको आरोप लाग्ने गरेको मिनप्रसादको भाटभटेनीमा शक्तिशाली बम विष्फोट भएको छ । बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिका स्थित भरतपुर हाईटमा रहेको भाटभटेनीमा विष्फोट भएको छ ।
यस्तै खैरेनी नगरपालिकाको पर्शा बजार, राप्ती नगरपालिकामा रहेको चिप्ले स्थित वडा नम्वर १ को कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । त्यस्तै धादिङको धुनिबेशी चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान साढे २ बजेतिर भएका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।
त्यस्तै, वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । आगजनीले वस पुर्ण रुपमा जलेको पर्सा प्रहरीले जनाएको छ ।

त्यस्तै, करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ ।
खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए ।
एसपी तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षती पुगेको छ । रनियापुरको टावरमा शनिबार राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिमका ३ वटा चर्चमा बम बिस्फोट भएको छ । स्थानीयले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो । बिस्फोटबाट चर्चमा के(कति क्षति भएको छ भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।
त्यस्तै उता डोटीमा पनि २ वटा चर्चमा बम पड्किएको छ । जिल्लाको बुडरमा रहेका २ वटा चर्चमा शनिबार मध्यराति शक्तिशाली बम बिस्फोट भएको स्थानीयले बताएका छन् । क्रिस्चियनहरुले पैसाको लोभ देखाएर धर्म परिवर्तन गर्न गाउँ गाउँमा गोप्य अभियान चलाएको भन्दै आलोचना भइरहेको थियो । यसरी नेकपाको नेपाल बन्दमा देशैभर तोडफोड, आगजनी र बम विष्फोटका घटनाहरु भएसँगैं सो पार्टीले राखेको बन्दको प्रभाव देशभर परेको छ । नेपालका मुख्य शहरहरु, प्रदेशका राजधानी, जिल्ला सदरमुकामहरु सबै ठप्प छन् । यातयातका साधनहरु चलेका छैनन् । स्कुल कलेज बन्द छन् । फटफुट रुपमा भित्री बजार र केही पसलहरु सञ्चालनमा आएपनि सर्बसाधरण मानिसहरुको त्यति आवतजावत नभएको कारण पसलहरु खरलेर पनि नखुलेको जस्तै अवस्थामा रहेको देशभरबाट प्राप्त खबरहरुले बताईरहेको छ । यसरी नेकपाको बन्द मध्यान्ह १२ बजेसम्म देशभर प्रभावशाली देखिएको छ ।
बजार क्षेत्रमै आगो, तोडपोड र बम पडकीएपछि स्थानीयबासी त्रसित भएका छन् । हिजो शनिबार नेकपाका महासचिव विप्लवले एक विज्ञप्ति निकालेर बन्दको आह्वान गरेका थिए ।