प्रमुख जिल्ला अधिकारीलाई उद्योगी व्यवसायीको स्वागत


भरतपुर÷चितवन र नवलपुर क्षेत्रमा विभिन्न उद्योग, व्यवसाय गर्दै आएका व्यवसायीहरुको संगठन चितवन उद्योग संघले भरखरै सरुवा भई चितवन आएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई स्वागत एवं सम्मान गरेको छ ।
संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ बस्नेतलाई सम्मान गरिएको हो । प्रमुख जिल्ला अधिकारी बस्नेत सहित सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटालाई समेत स्वागत एवं सम्मान गरिएको हो । संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भिम बहादुर पाण्डे, चितवन उद्योग संघका गभनिङ्ग काउन्सिलका संयोजक तारा प्रसाद पौडेल, गभनिङ्ग काउन्सिलका अन्य पदाधिकारी, कार्य समिति सदस्यहरु, महिला उद्यमी मञ्चका पदाधिकारी, युवा उद्यमी मञ्चका पदाधिकारी, वस्तुगत समितिका पदाधिकारीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
सम्मान एवं बधाई कार्यक्रममा संघको तर्फबाट प्रमुख जिल्ला अधिकारी बस्नेतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष लक्ष्मण अर्यालले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।