पक्राउ परेका यातायात ब्याबसायी रिहा

चितवन , २३ बैशाख । सिन्डिकेट हटाउने सरकारी निर्णयविरुद्ध रहेका यातायात ब्याबसायीलाई प्रहरीले पक्राउ गरेर छाडिदिएको छ । आईतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बहादुर बस्नेतको रोहबरमा अब आइन्दा सवारी अबरुद्ध नगर्ने , सिण्डिकेट नगर्ने र प्रा।लि।मा दर्ता गरी सरकारी नियमानुसार यातायात संचालन गर्ने कवुलियता नाम जारी गरी रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिनुभयो । सिण्डिकेट गर्न पाउनुपर्ने भन्दै शुक्रबार यातायात बन्द गरी आन्दोलन गरेका बस व्यवसायीहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको थियो । सो क्रममा चितवनबाट छाहारी यातायातका उपाध्यक्ष श्याम श्रेष्ठ र दुर्घटना संयोजक एवंम सह–सचिव कृष्ण लामिछाने पक्राउ परेका थिए । गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा पक्राउ परेका उनीहरुलाई कागजी रूपमा रिहाई गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।