चितवनका एसपी थापा प्रहरी प्रधान कार्यालय जाँदै, सुशील सिंह राठौर चितवन आउदै

चितवन, वैशाख २३–

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक थापा सरुवा भएका छन् । एसपी थापाको चितवनबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय काठमाण्डौंमा सरुवा भएको हो ।

त्यस्तै चितवनको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को रुपमा सुशील सिंह राठौर आउँदै छन् । एसपी राठौर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट चितवन आउन लागेका हुन् ।