विश्व प्रेस स्वतन्त्रता दिवसमा चितवनमा प्रभातफेरि

चितवन, वैशाख २०(

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा चितवनमा प्रभातफेरि गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट शुरु भएको प्रभातफेरि भरतपुर क्षेत्रमा परिक्रमा गरी जिविस चौतारीमा गएर कोणसभा गरी समापन गरिएको थियो । सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रेस स्वतन्त्रताको पक्षमा आफू रहेको र जहाँ रहे पनि प्रेस स्वतन्त्रताको पक्षमा लागि रहने बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले प्रेसलाई स्वतन्त्र रुपमा काम गर्न दिन सबैसँग अपिल गर्नुभयो ।

प्रभातफेरिमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी लगायतको सहभागिता रहेको थियो ।