कहाँ छन् सुन डन गोरे ?

काठमाडौं ( गृह मन्त्रालयको छानबिनको अनुसन्धान विशेष टोलीले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्यको हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ९गोरे० भारत हुँदै तेस्रो मुलुक भाग्न सक्ने अनुमान गरिएको छ ।

सुन तस्करी प्रकरण र सनम हत्या झापासँग सीमा जोडिएको सिलुगडी क्षेत्रमा प्रहरी परिचालन हुन सक्ने आशंका गरिएका कारण उप्रेती दुबई पुगेको हुन सक्ने अनुमान सुरक्षा अधिकारीहरुले गरेका हुन् ।

तस्करीको सुन जिम्मा लिएर भरियालाई विमानस्थलसम्म पठाउने काम गर्ने गरेको समितिको बयान दिने क्रममा उप्रेतीसँग सम्लग्न रहेकाहरुले बताएका छन् ।

उनको खोजीमा इन्टरपोललाई जानकारी गराईसकिएको छ । ३४ जना फरार अभियुक्तको खोजिका लागी प्रहरीका फरक(फरक टोली खटाइएको छ ।

यसैबीच, सुन डन मानिने उप्रेतीसँग उनकी पत्नी निरु खरेल उप्रेतीेले डिभोर्स दिने बताएका घटनाको विवरणमा उल्लेख छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।