गुम्बा संरक्षणमा सबैले भुमिका खेल्नुपर्ने सरोकारवालाको भनाई

 

बैशाख २०, भरतपुर । तामाङ समुदायको धार्मिक केन्द्र गुम्बाहरुको संरक्षणमा सबैले भुमिका खेल्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । भरतपुर महानगरपालिका ७ मा रहेको साम्बालिगीं गुम्बाको वाङ (अभिषेक) कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । बिहिबार गुम्बा परिसरमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का सांसद मिलन बाबु श्रेष्ठले गुम्बा संरक्षण र सम्बद्र्धनमा तामाङ तथा गैर तामाङ सबैले गम्भीर भएर लाग्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पवित्र र शान्तिको प्रतिक गुम्बाको महत्व हरेक मानिसको जीवनमा अतुलनिय रहेको र यसको सम्बद्र्धनमा आफु सक्रियताका साथ लागिपर्ने जनाए । त्यस्तै भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले साम्बालिगीं गुम्बाको इतिहास स्मरण गर्दै भुकम्पले भत्काएको गुम्बा पुननिर्माणमा आफुले सक्दो सहयोग गर्ने बताए । गुम्बा संरक्षणमा यहाँका तामाङहरुको सक्रियता निकै प्रशंसनीय रहेको बताउदै उनले गुम्बाको भवन निर्माणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको औल्याए । हिमाली बौद्ध महासंद्धका अध्यक्ष श्री श्री मिह्फ्म रिम्पोछे गुरुले धार्मिक प्रवचन दिएको कार्यक्रममा वडा सदस्यहरु बुद्धि सापकोटा, सरिता पाठक, राजेन्द्र कुमार तामाङ, नेकपा एमाले भरतपुर ७ का कार्यबाहक अध्यक्ष वेद कुमार वजगाई, नेपाली काँग्रेसका वडा सभापति काशिराम अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए । गुम्बाका अध्यक्ष मोहन लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव लक्ष्मी लामाले स्वागत मन्तब्य राखेकि थिइन् । यसैबीच गुम्बाको हिमाली बौद्ध महासंघका अध्यक्ष श्री श्री मिह्फ््म रिम्पोछे गुरुज्यूद्धारा सब्देन तथा वाङ सम्पन्न भएको छ ।