काँग्रेस चितवनको संगठन सुदृढिकरण तथा पुनःजागरण अभियान तिब्र पारिदैं

चितवन,बैशाख २०(
नेपाली काँग्रेस चितवनले गत बैशाख १४ गतेदेखि सुरु गरेको अबको काँग्रेस प्रशिक्षित काँग्रेस अभियानलाई तिव्रता दिन साविकको पाँच निर्वाचन क्षेत्रमा नेताहरु खटाएको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ मा शेषनाथ अधिकारी, निता ढकाल, क्षेत्र नम्बर २ मा भिम वहादुर श्रेष्ठ, सुर्य अर्याल, क्षेत्र नम्बर ३ मा पृथ्बीमान गुरुङ, राजिव न्यौपाने, क्षेत्र नम्बर ४ मा टेक प्रसाद गुरुङ, शंकर कंडेललाई जिम्मेवारी दिइएको छ । यस्तै क्षेत्र नम्बर ५ मा रामकृष्ण घिमिरे र उत्तम जोशीलाई अभियान संञ्चालनको नेतृत्व प्रदान गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ ।

कांग्रेस चितवनले शुरु गरेको संगठन सुदृढिकरण तथा पुनःजागरण अभियान ४५ दिन सम्म संञ्चालन हुनेछ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले पहिलो चरणमा क्षेत्रीय समिति, नगर समिति हुदै वडा स्तरीय बैठकहरु हुने बताए । अभियानसंगै संगठन सुदृढिकरण गरिने उनले जानकारी दिए । काँग्रेस चितवनमा १९ हजार ६ सय जना क्रियाशिल सदस्य छन् । अभियानका क्रममा प्रशिक्षण, भेला तथा अन्तरकृया कार्यक्रम गरिने छ । अभियानको समयमा काँग्रेसका शिर्ष नेताहरु चितवन आउने कार्यक्रम तय भएको श्रेष्ठले बताए ।