ठूलो मात्रामा लागू औषध सहित पोलिक्लिनिक सञ्चालक प्रहरी नियन्त्रणमा ।


चितवन , १९ बैशाख । चितवन प्रहरीले ठुलो परिमाणको नाराकोटिक ९नसालु० पर्दार्थ औषधी सहित एक जनालाई यहाँ पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको बिशेष टोलीले कालिका नगरपालिका वडा नम्बर ६ स्थित क्लब चोकबाट पोलिक्लिनिक संचालन गर्दै आइरहेका लमजुङ घर भई सोही ठाउँमा डेरा गरी बस्ने रबिन्द्र सेढाईलाई ठूलो मात्रामा नसालु पर्दार्थको औषधि सहित पक्राउ गरेको हो । सेढाईको कोठाबाट प्रहरीले २ हजार २ सय ट्याब्लेट सर्जिडोल , ३ हजार ६ सय २५ ट्याब्लेट एर्नागन , ८ सय १५ ट्याब्लेट ट्रामाडोल र स्टेगन २ सय ट्याबलेट फेला पारेको ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए । उनले कालिका नगरपालिका ६ क्लब चोकमा पोलिक्लिनिक समेत संचालन गर्दै आइरहेको अनुसन्धानबाट खुलेको छ । पोलिक्लिनिकको आडमा ठुलो परिमाणमा नसालु औषधीहरु चिकित्सकको सल्लाहा बिना बिक्रीबितरण गर्ने गरेको रहस्य समेत बाहिर आएको छ । चिकित्सकको सिफारिस बिना बिक्रीबितरण गर्न नपाउने औषधीहरु चिकित्सकको सल्लाह बिना नै धमाधम रूपमा बिक्रीबितरण गर्नुले ती औषधीहरु युवाहरुले नशाको लागी प्रयोग गर्ने गरेको प्रहरीले अनुमान गरेको छ । चिकित्सकको पुर्जीबिना युवाहरुलाई नसालु औषधीहरु बिक्रीबितरण गर्ने पोलिक्लिनिक संचालक समेत रहेका रबिन्द्र सेढाईलाई थप अनुसन्धान र कारबाहीको लागि औषधी व्यवस्था बिभाग बिरगंज पठाइएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरिक्षक खतिवडाले जानकारी दिए । उता , रत्ननगर प्रहरीले नै नसालु औषधि प्रयोग गर्ने अन्य ३ जनालाई पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ४ बस्ने पुस्तक चौधरी , कालिका नगरपालिका ५ बस्ने आदित्य चौधरी , सोही स्थान बस्ने बिजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रियालाई अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय टाँडीका अनुसन्धान अधिकृत प्रहरी निरिक्षक दया कृष्ण भट्टले जानकारी दिए