नारायणी नदी प्रदुषित बन्दै गएपछि स्थानीयहरु जागरुक बन्दै


चितवन , १९ चैत । चितवनको नारायणगढ भएर बग्ने नारायणी नदी मानवीय कारणले प्रदुषित बन्दै गएपछि स्थानीयहरु आफैं जागरुक बन्दै गएका छन् । उनीहरुले नारायणी नदी बचाउ अभियान सुरु गरि बिहानैदेखी सरसफाईमा जुटेका छन् । अरु सप्ताहको तुलनामा एघारौँ सप्ताहमा प्रवेश गरेलगत्तै युवाहरूको संख्यामा उल्लेख्य उल्लेखनीय बढेको छ । ११ औँ सरसफाई कार्यक्रममा चितवन क्षेत्र २ का सांँसद एवं प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोख्रेलको समेत सहभागीता थियो । सो, अवसरमा बोल्दै नदी सरसफाईका लागि हरेक नागरिक एकजुट भएर अगाडी बढ्नु पर्ने उनको भनाइ थियो । साथै , उनले फोहर गर्नेलाई समेत कडा कार्वाही गर्ने निती बनाउने तयारीमा आफुहरु रहेको समेत बताए । आफ्नो घर, टोल सफा गरेमा मात्रै नगर हुँदै समाज र राष्ट्र नै स्वच्छ बनाउने सकिन्छ भन्ने उद्देश्यले युवाहरु सरसफाई लाई निरन्तरता दिइने अगुवाहरू बताउँछन् । नदी सफाईमा स्थानीय वे ग्रुप, नेपाल मैत्री समाज, उद्योग वाणिज्य संघ चितवन , टोल विकास संस्था, व्यवसायी, विभिन्न धार्मिक संघसंस्था तथा स्थानीय युवाहरुको सहभागिता रहने गरेको छ ।