कालो धन्दा गर्ने यी गुप्ता माथी किन छानविन र काबाही हुदैंन् ?

शिव टेर्डस को पनि उस्तै धन्दा


चितवन ÷ चितवनको ब्यस्त बजार नारायणगढको शहिदचोकमा रहेका यो ठूलो होलसेल कपडा पसल छ, जस्को नाम ‘राजकुमार’ । नारायणगढका रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले दर्जनौपटक छापा मारे जस्तो गरेपनि माथिका हाकिमहरुसँग भित्रि लेनदेनमा कुरा मिलाउने गरेकाले उनी सधै उम्कदै आईरहेका बुझिएको छ । पसल संचालक गुप्ताले खुला सिमाको फाईदा उठाउदैं भरिया लगाई भन्सार छलि करोडौँ राजस्व स्वाहा पारीरहेको र सबैतिरको मिलिभगतमा गुप्ताले करोडौँ कर छलेको खुल्नमा आएको छ । एक नम्बरी, दुई नम्बरी दुबै धन्दामा माहिर गुप्ताको कालो धन्दा बढ्दै जाँदा राज्यलाई यथोचित कर तिरी ब्यापार गर्ने ब्यवसायीहरु समेत विस्थापित बन्दै जान थालेका छन् ।
ठुलो परिमाणमा गुप्ताले कर छलि गरिरहेको भएपनि राज्यका निकायहरु किन मुकर्दशक बसिरहेका छन्, थप शंकाको विषय बनेको छ ।
द्युईनम्बरी धन्दा गर्ने गुप्ताको सम्पूर्ण हिसाब–किताब, स्टक मालको जाचँ पड्ताल गरेमा यथार्थ निस्कने जानकारहरु बताउँछन । एक गोप्य स्रोतले दिएको जानकारी अनुसार आय करमा समेत ठूलो घोटला गरेका गुप्ताले नेपालमा कर छलि गरि कमाएको ठूलो रकम भारत लग्ने गरेको पनि बुझिएको छ । गुप्ताको दिल्लीमा समेत घर रहेको बुझिएकोछ । गुप्ताले भारतीय आधार कार्ड बनाएको समेत बुझ्नमा आएको छ । गुप्ताले नेपाली नागरिकता बनाएको विषयमा केही बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा उजुरी परे पनि उनले पैसाको बलमा केशलाई डिसमिस गराएको स्रोतले जानकारी दिएको छ । गुप्ताको नागरिक्ता छानविन गर्नुपर्ने देखिन्छ, यस विषयमा थप अनुसन्धान गरी गुप्ता र उनीजस्ता काला ब्यापारीको कालो धन्दाको पर्दाफास गर्ने हाम्रो अभियान जारी रहने नै छ । गुप्ताको कालो धन्दा बढ्दै गएपनि कार्बाही हुन नसक्दा नारायणगढमा दुईनम्बरी धन्दा गर्नेहरु बढदैं गईरहेका छन् ।
शिव टेर्डस को पनि उस्तै धन्दा
यता नारायणगढको बेलचोकमा रहेकोे शिव टेर्ड«सको पनि दुईनम्बरी धन्दा बढदै गईरहेको बुझ्नमा आएको छ । टेर्ड«सका सञ्चालक जोगेन्द्र शाहले ब्यापक मात्रमा कर छलि गरिरहेको बुझिएको हो । भारतबाट कुखुराको दानाको कच्चा पदार्थ लगायतको सामग्री आयात कारोबार गर्ने शाहले सामान मगाउदा ग्राहककै फर्ममा मगाउने, भन्सारमा सेटिगं मिलाई सामानजको कम मुल्यांकन गराउने, अन्डरविलिगं गर्ने र खुल्ला सिमाबाट चोरी गरी ल्याउने तथा दानाका रो मेटिरीयलमा कमसल पदार्थहरुको मिसावट गर्ने गरेको स्रोतको दाबी छ । गत् फागुणमा क्षेत्रिय राजस्व अनुसन्धान कार्यालय पथलैयाले नारायणगढकै इन्दु टे«र्डसमा छापामारी करोडौँको फाइल जफत गरी सञ्चालकलाई तारिख लगाईरहेकोे भएपनि ईन्दु टे«र्डसकै सामने रहेको शाहको धन्दामा राजस्वको नजर किन पर्न सकेन आम चासो र आशंकाको विषय बनेको छ । शाहको अगाडी राजस्व कार्यालय किन नतमस्तक ? यसैविच यस विषयमा बुझ्न खोज्दा शाहको मोबाईलमा सम्पर्क हुन सकेन ।
                                                                                                                    आजको भण्डाफोरअभियान साप्ताहिकबाट