एमाले र माओवादीको भिन्दाभिन्दै बैठक बस्दैं

पार्टी एकतामा के हुँदैछ त ?

काठमाडौं ( पार्टी एकताको अभियानमा लागेका एमाले र माओवादीले आज भिन्दाभिन्दै बैठकको तयारी गरेका छन् ।

पार्टी एकतामा भैरहेको ढिलाईकाबीच दुइृ पार्टीले एकैदिन आन्तरिक छलफल थाल्नुलाई सकारात्मक रुपमा हेरिएको छ ।

एमालेले आज साँझ ६ बजे पार्टीको स्थायी समितिको बैठक बोलाएको छ, भने माओवादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक विहान ११ बजे बोलाएको छ । यी बैठकहरुमा एकताका विषयमा नै छलफल हुने नेताहरुले बताएका छन ।

प्रदेश र प्रतिनीधिसभाको चुनाव अगाडी गठबन्धन बनाएका एमाले र माओवादीले चुनावलगत्तै एकता गर्ने भनेपनि ढिला हूँदै आएको छ ।

पछिल्लो पटक बैशाख ९ गते गर्ने भनिएको एकता पनि टरेको थियो ।

एकतामा सहभागीता, जनयुद्ध शब्द र चुनाव चिन्हको विषयमा दुई पार्टीवीच अझैंकुरा मिलेको छैन् ।