पेवा बचतको एक दिने अन्तक्र्रिया

बैशाख १८, रत्ननगर । रत्ननगर २ मा रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरसदस्यहरुमाझ एक दिने बचत तथा कर्जा सुरक्षणसम्बन्धि अन्तरक्रिया गोष्ठि सम्पन्न गरेको छ । मंगलबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष गोविन्द भट्टराई र पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेलले शेयरसदस्यहरुमाझ सहकारीको बचत, कर्जा तथा लगानीको बारेमा सहजीकरण गरेका हुन । सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष भट्टराईले सहकारीबीच नै अस्वस्थ प्रतिस्पर्धा हुने गरेको बताउदै समान प्रकृतिका सहकारीहरु एक हुन आवश्यक रहेको बताए । उनले निकट भविष्यमा नै रत्ननगरकै लालीगुराँस सहकारी र पेवा सहकारी एक हुन लागेको समेत जानकारी दिए । कार्यक्रममा सहकारीको उद्धेश्य, चुनौति र सम्भावनको बारेमा अध्यक्ष भट्टराईले सहजीकरण गरेका थिए । कार्यक्रममा शेयर सदस्यहरुबीच शुभकामना आदानप्रदानसमेत गरिएको थियो । एक हजार १५ जना शेयर सदस्य रहेको सहकारी ५ बर्ष अघि स्थापना भएको हो । छोटो अवधिमा संस्थाले मुनाफा कमाएर शेयर सदस्यहरुलाई लाभांश बितरण गर्न समेत सफल भएको संस्थाका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए ।