नाइजेरियाको मस्जिदमा आत्मघाती बम बिस्फोटः २४ को मृत्यु
नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम बिस्फोटमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दिउँसोको नमाजको तैयारी गरिरहेका बेला मस्जिदको भित्र र बाहिर दुईवटा बम बिस्फोट भएको हो ।
आडमवा प्रान्तका पुलिसले उक्त बम बिस्फोटमा इस्लामिक चरमपन्थी समूह बोको हराम हुनसक्ने आशंका गरेको छ ।
बोको हरामले सन् २००९ देखि नै नाइजेरियाको उत्तरी क्षेत्रलाई इस्लामिक स्टेट बनाउनका लागि हिंसाका घटना दोहोराउँदै आएको छ ।
यो घटनामा अहिलेसम्म २० हजारको हत्या भइसकेको छ भने करिब २० लाख बिस्थापित भइसकेका छन् ।
पुलिस कमिश्नर अब्दुल्लाही येरीमाका अनुसार पहिलो बिस्फोट मस्जिदमा करिब १ बजे भएको थियो भने दोस्रो बिस्फोट मस्जिद नजिकै भयो ।
घटनामा एक दर्जन बढी घाइते भएको येरीमाले जानकारी दिएका छन् ।