३३ किलो सुन तस्करी काण्ड : ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिँदै

मोरङ वैशाख १९, २०७५ ( प्रहरीले ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गराउँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बीसीका अनुसार पक्राउ परेका बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीसहित ६२ जनाविरुद्ध मुद्दा दर्ता गराउन लागिएको हो । फरार अरुको प्रहरीले खोजी गरिरहेको छ । पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, डीएसपी सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्का मुछिएका छन् । संगठित सुन तस्करीमा यति धेरै बहालवाला प्रहरी अधिकारीलाई प्रतिवादी बनाइएको यो पहिलो घटना हो । तस्करीको ३३ किलो सुन गायब भएको र यसमा संलग्न भनिएका सनम शाक्यको यातनापछि हत्या गरिएको विषयमा प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा आइतबार प्रतिवेदन बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार पक्राउ परेका २८ र फरार अन्यविरुद्ध आज अपहरण, कर्तव्य ज्यान, संगठित अपराध र भन्सार छलीको मुद्दा दर्ता गरिने छ । गत माघ ९ गते दुबईबाट अवैधानिक रुपमा ल्याइएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट कर्मचारी तथा प्रहरीको मिलेमतोमा पास भएर ओसारपसारको क्रममा हराएपछि खोजबिन सुरु भएको थियो । त्यही सुन खोज्ने क्रममा मोरंग उर्लाबारीका सनम शाक्यको गत साउन १८ साउन गते हत्या भएपछि यो प्रकरण सतहमा आएको थियो । यो प्रकरणमा संलग्न भनिएका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसहित ३४ जनालाई खोजी गरिरहेको छ । आजको कान्तिपुरमा यो समचार छापिएको छ

जततउस्ररदष्त।थिरद्दव्प्बष्वब