गीतानगर जेसीजको एकदिने व्यवसायिक तालिम सम्पन्न

चितवन, गीतानगर जेसीजको आयोजनामा आज एकदिने व्यवसायीक तालिम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका ६ गितानगर स्थित अरुणोदय कलेजमा ६० जना भन्दा बढी व्यवसायी र स्थानीयहरुलाई व्यवसायीक तालिम प्रदान गरिएको हो । तालिमका मुख्य प्रशिक्षक युवराज अधिकारीले तालिममा सहभागीहरुलाई व्यवसायिक फर्म दर्ता प्रकृया, कर प्रणाली तथा लेखा विधि सम्बन्धि तालिम दिएका थिए ।
सोहि अवसर पारेर गितानगर जेसिजले आाफ्नो क्यलेण्डरको पनि विमोचन गरेको छ । गितानगर जेसीजका अध्यक्ष नारायण पौडेलको सभापतित्वमासम्पन्न सोे कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ०६ का अध्यक्ष हरिविलास कोइराला ,गीतानगर जेसीजका संस्थापक अध्यक्ष दिनेश कोइराला, गीतानगर बजार व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर खड्का, नेपाल रेडक्रस सोसाइटीका उप शाखा गीतानगरका सभापती रुद्र अधिकारी ,ओम शान्ति टोल सुधार समितिकाका अध्यक्ष हरिहर कोइराला, इलाका प्रहरी कार्यलय गीतानगरका भिम प्रसाद घिताल,गीतानगर जेसीजका पूर्व अध्यक्षहरु गोविन्द आचार्य, रोशन सोती, राजु पौडेल, अशोक कोइराला लगायतको उपस्थिती रहेको थियो ।