नेपाल परिवार नियोजन संघ चितवनको विवाद उत्कर्षमा

सामाजिक संजालमा अपशब्द लेखी गाली गरेको भन्दै संयोजक जोशीविरुद्ध उजुरी

चितवन, १६ बैशाख । नेपाल परिवार नियोजन संघ चितवन शाखाको तदर्थ समितिका संयोजक केशव प्रकाश जोशी विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ ।

सामाजिक संजालमा फेसबुकमा मानहानी सहित गाली गलौज गरेपछि उनीविरुद्ध उजुरी परेको हो । जोशीले समितिका सदस्य कृष्णराज न्यौपानेलाई अपशब्द प्रयोग गरेर गाली गलौज गरेपछि न्यौपानेले जोशीका विरुद्ध उजुरी गरेका छन । सदस्यताको सम्बन्धमा विरोध हुने भएपछि शाखाका तदर्थ समितिका कोषाध्यक्ष कृष्णराज न्यौपाने ‘लब्ली’ र सदस्य धर्मराज न्यौपानेलाई बैठकमा नबोलाई आफुखसी निर्णय गरेको खुलासा भएको छ । न्यौपानेले त्यसको विरोध गरेका थिए ।
नेपाल परिवार नियोजन संघ चितवन शाखाको तदर्थ समितिको संयोजकको जिम्मेवारी पाएका जोशीले संघको विधान विपरित सदस्यता खारेजी गरेपछि न्यौपाने र कंडेँलले त्यसको विरोध गरेका थिए । न्यौपानेले विरोध गरेपछि जोशीले न्यौपाने विरुद्ध अपशब्द प्रयोग गरी फेसबुकमा लेखेका थिए । विधि र विधान विपरित कामको विरोध गर्दा आफ्नो सार्वजनिक अपमान भएको भनि न्यौपानेले आईतवार एसपी दिपक थापासमक्ष लिखित उजुरी दिएका हुन् । प्रहरीले जोशीलाई खोजी गरेको जनाएको छ । जोशीमाथि साईबर अपराध विरुद्ध उजुरी परेको छ ।

अधिकार भन्दा बाहिर गएर सदस्यता खारेजीको निर्णय गरेपछि सदस्यता खारेज भएकाहरु रुष्ट भएका छन् । ‘ यो समितिलाई सदस्यता थप्न र निश्काशन गर्ने अधिकार नै छैन ’ न्यौपानेले भने ‘ छानि छानि सदस्यता फाल्ने गरेपछि नितिगत रुपमा कुरा राख्दा मलाई गाली गलौज गरेका हुन । ’
जोशीले आफ्नो पक्षको नभएको भन्दै संघको चितवन शाखामा आवद्ध एक सय ११ आजिवन सदस्यलाई खारेज गर्ने निर्णय गरेका छन । नेपाल परिवार नियोजन संघको विधान अनुसार संघको निति भन्दा वाहिर रहेर काम गरेको प्रमाणीत भै मात्रै केन्द्रीय सभाको दुई तिहाई बहुमतबाट मात्र निस्काशन गर्न मिल्ने प्रावधान रहेको छ । अघिल्लो कार्यसमितिमा निर्णयार्थ मताधिकार भएका कार्यसमिति सदस्यलाई समेत फाल्ने निर्णय गरेका छन् । आफ्नो पक्षलाई मात्र बैठकमा बोलाई सदस्यता थप्ने र बर्खास्त गर्ने अधिकार संयोजकलाई दिने निर्णय गराएका थिए । यसअघिको केन्द्रीय समितिले निर्वाचनका लागि सहभागी हुन पाउने निर्णय सहित मताधिकार सहितको नामावली प्रकाशन गरिसकेकालाई जोशीले फालेका हु्न । उनले केही राजनैतिक शक्ति भएकाहरुको भने विरोध हुने डरले नाम फाल्न सकेका छैनन् । प्रकृया नपुगेका कारण देखाउदै आफ्नो पक्षमा नभएकालाई सदस्यताबाट निकाल्ने निर्णय गरेका छन् । त्यस्तै निर्वाचनको म्याण्डेट पाएको यसअघि दुई पटक सभापति भएका जोशी केन्द्रीय सदस्य रहेका बेला अन्र्तराष्ट्रिय परिवार नियोजन संघले उनी रहेको केन्द्रीय समितिलाई भष्ट्राचारको अभियोग लगाएर बर्खास्त गरेको थियो ।

शाखाको प्रजातान्त्रिक पद्धतीबाट भएको निर्वाचनमा पराजित भएका राजेन्द्र बहादुर श्रेष्ठ र छायाँ पियालाई कार्यसमिति सदस्य बनाएका छन । त्यस्तै शाखाको सदस्य नभएका दुई जनालाई युवा सदस्य बनाएका छन । उनले ग्रामीण क्षेत्रमा रहेकाहरुलाई सदस्यबाट हटाएका छन ।

तत्कालिन प्रधानमन्त्रि शेर बहादुर देउवाको पालामा निर्वा्चित समितिको समयावधि रहदैँमा केन्द्रीय समिति भंग गरेर तर्थ समिति गठन गरेका थिए । निर्वाचनको जिम्वेवारी दिएको समितिले सदस्यता भंग गर्न थालेपछि विवाद चुलिएको छ ।