काँग्रेस विवाद चुलिदैं : ‘हारको जिम्मेवारी लिन नमान्नेले तत्काल राजिनामा दिनुपर्छ’

देउवाले नेतृत्व छाडे ५ वर्ष्भित्रै कांग्रेस ‘रिभाईभ’ हुन्छ

काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट तत्काल विदा लिनुपर्ने मा जोड दिएका छन् । देउवाले नेतृत्वबाट विदा लिनेबित्तिकै कांग्रेस सशक्त हुने पनि उनको दाबी छ ।

हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवाले पार्टी हारको जिम्मेवारी लिन नमानेको आरोप लगाए । उनले सभापतिले आफ्नो कारणले पार्टीले चुनाव हारेको हो भनेर पनि स्विकार गर्न नसक्नु गैरजिम्मेवारीपन भएको टिप्पणी गरे ।

कुराकानीमा निकै आक्रमक रुपमा प्रस्तुत भएका नेता कोइरालाले सभापतिबाट देउवाले तत्काल छोड्नै पर्ने जिकिर गरे । उनले भने,‘हार पनि स्विकार नगर्ने अनि नेतृत्वमा बसिरहन त सुहाएन नि, तर त्यसको लागि उहाँ (पार्टी सभापतिजी)ले तत्काल राजिनामा दिनुपर्छ,५ वर्षमा कांग्रेसले रिभाईभ गर्छ, आउने चुनावमा हामी जित्छौं ।’

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवाद ल्याउन प्रयास गरेपनि त्यो प्रयास सफल नहुने नेता कोइरालाको तर्क छ ।

उनले भने, वर्तमान प्रधानमन्त्री ओलीजीले आफू केन्द्रित गरेर जसरी शक्ति सञ्चय गर्नुभएको छ, त्यो गलत छ ।’ राष्ट्रिय अनुशन्धान विभाग आफ्नो मातहातमा राखेर प्रधानमन्त्रीले गलत गरेको उनको आरोप छ ।

प्रधानमन्त्री ओली मुलकुमा ‘कम्युनिज्म’ ल्याउनको लागि उद्धत रहेको तर त्यो सफल नहुने कोइरालाले जिकिर थियो ।