रत्ननगरको ॐ ईट्टा भट्टामा ५ बर्षिय अवोध बालिका बलात्कृत

पाँच रुपैयाँ दिएर बालिकालाई ललाई फकाई गरी करणी गर्ने तामाङ पक्राउ

 


चितवन ,बैशाख १५(्चितवनको रत्ननगरको एकईट्टा भट्टामा ५ बर्षिय बालिका बलात्कृत भएकी छन् । रत्ननगर १६ पिठुवाको ॐ ईट्टा भट्टामा हिजो शुक्रबार बिहान सोही ईट्टा भट्टामा काम गर्ने ३२ बर्षका एक पुरुषले बालिकालाई ललाई फकाई गरि जर्बजस्ती बलात्कार गरेका हुन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रत्ननगर १४ गैरीगाँउ घर भएका ३२ बर्षका राजकुमार तामाङलाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान बालिकालाई करणी गर्दै गरेको अवस्थामा स्थानिय कामदारले देखेपछि उनलाई अन्य नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
ईट्टा भट्टामा काम गर्ने आफ्नी आमासँग बस्दै आएकी ति बालिकालाई सोही ईट्टा भट्टामा काम गर्ने पुरुषले जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । पाँच रुपैयाँ दिएर बालिकालाई ललाई फकाई गरी करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको खतिवडाले बताए । बालिकाको मेडिकल जाँचको लागि पठाइएको र रिपोर्ट आएपछि थप पुष्टि हुने उनले जानकारी दिए ।
पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दा दर्ता गरि कारबाही अगाडी बढाइने ईलाका प्रहरी कार्यालय टाँडीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।