भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट भुर्तेल भ्रष्टाचारी ठहर

चितवन , १४,बैशाख । चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं हाल मौलाकालिका अस्पतालका सञ्चालक समिती समेत रहेका डा। केशवराज भुर्तेललाई बिशेष अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेको छ । डा। भुर्तेल पदमा रहँदा अस्पतालको ए र बी ब्लक भवन निर्माणमा ठेकेदारसँग मिलेर रकम असुल गरेको, स्टोरमा सेटिङ मिलाएर अकुत सम्पती आर्जन गरेको, उपकरण खरिदमा नाजायज ढंगले फाइदा उठाएको, कलेजको जग्गा भाडामा दिई व्यक्तिगत फाइदा लिँदै अस्पताललाई नोक्सानी गराएको, सेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अपरेसनमा घोटाला गरेको, पाठेघर नै निकालेको झुटो विवरण पेश गरेको, घर जग्गामा अकुत सम्पती लगानी गरेको साथै, झन्डै चार पटक सम्म अस्पतालको मेसु हुँदा पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको लगायतका आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ फागुन ११ मा दुई करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । तर, करिब ३४ लाखको मात्र स्रोत पुष्टि हुन नसकेको आरोप लगाउदै अदालतले उनलाई ३ महिना कैद , ३३ लाख ५६ हजार रुपैयाँ जरिवाना र सोही बराबर विगो भराउनुपर्ने भन्दै मुद्दा दायर गरेको हो । डा। भुर्तेल विषेश अदालतबाट यसपटक सफाई पाउने र भरतपुर अस्पतालको पुनः मेसु बन्ने दाउमा थिए । उनले त्यसका लागि एमाले जिल्ला नेतृत्व र स्वास्थ्य राज्यमन्त्रीलाई समेत प्रभावमा पार्दै आएका थिए । तर, बिड्म्बना भरतपुर अस्पतालको मेसु बन्न हिडेका डा। रविन खड्काको फाइललाई मन्त्रालयमा नै होल्ड गराउन डा। भुर्तेल सफल भएपनि विशेषको फैसलाले भुर्तेल असफल बनेका छन् ।