चितवनका सिडीओ भक्तपुर सरुवा,गोरखाका सिडीओ बस्नेत आउदैं

चितवन, वैशाख १३(

गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी सीडीओ सहित ६० जना विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ । सहसचिव र उपसचिवस्तरका ६० जना र प्रमुख जिल्ला अधिकारीको जिम्वेवारी हेरफेर गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । लामो समयसम्म चितवनमा काम गरेका सीडीओ नारायणप्रसाद भट्टलाई भक्तपुर सरुवा गएिको छ भने चितवनमा गोरखाका जितेन्द्र बस्नेत आउने भएका छन् ।

राजपत्रांकित प्रथम श्रेणीका ३१ जना र द्वितीय श्रेणीका २९ जनालाई सरुवा गरिएको हो । काठमाडौं, ललितपुर, मोरङ, कास्की, दाङ, बाँके सहित ११ जिल्ला प्रमुखको भने सरुवा गरिएको छैन । गृहले केही साता अघि मात्रै ६ जिल्लाका प्रजिअको जिम्वेवारी हेरफेर गरेको थियो । रामबहादुर थापा बादल गृहमन्त्री भएपछि सीडीओ सरुवा भएको यो दोस्रो पटक हो । मन्त्रालयको सरुवा सूचीमा बाजुराका प्रजिअ लुकबहादुर क्षेत्रीलाई काठमाडौंको सहायक प्रजिअको जिम्वेवारी दिईएको छ मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार गृहका सहसचिव लोकनाथ पौडेललाई पर्सा, झापाका ऋषिराम तिवारीलाई कैलाली सरुवा गरिएको छ । पर्साका प्रजिअ विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, सिन्धुलीका प्रजिअ जनकराज दाहाललाई झापा पठाईएको छ ।
त्यस्तै मन्त्रालयका सहसचिव झङ्कनाथ ढकाललाई लमजुङ , सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीलाई धनुषा तथा धनुषाका प्रजिअलाई राष्ट्रिय परिचयपत्र ब्यवस्थापनको कार्यकारी निर्देशकमा तानिएको छ । राष्ट्रिय परिचयपत्र ब्यवस्थापनका कृष्णबहादुर राउतलाई काभ्रेमा पठाईएको छ । काभ्रेका प्रजिअ शिव सिंखडालाई सहक्षेत्रीय प्रशासको जिम्वेवारी सहित क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा पठाईएको छ । रुपन्देहीमा रहेका प्रजिअ हरिप्रसाद मैनालीलाई कारागार ब्यवस्थापन विभागमा तानिएको छ । धनकुटाका प्रजिअ प्रेमप्रकाश उप्रेतीलाई सुनसरी सरुवा गरिएको छ । गृहका उपसहसचिव श्रवणकुमार तिमिल्सीनालाई इलाम, ज्ञानप्रसाद ढकाललाई सिन्धुली, भविश्वर पाण्ठेलाई गुल्मीर कृषणप्रसाद शर्मालाई रामेछापको निमित्त प्रजिअ बनाएर पठाइएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्वका कायमुकायम प्रजिअ शम्भुप्रसाद मरासिनिलाई गृहमन्त्रालयमा तानिएको छ ।