महिलामाथि बलात्कारको प्रयास गर्ने युवक प्रहरी खोरमा ।

चितवन , १३ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १ लोथरमा एक महिलामाथि बुधबार बलात्कारको प्रयास भएको छ । लोथर बजारबाट मकवानपुरको राक्सिराङ तर्फ जादै गरेकी ३५ बर्षिय चन्द्रिमाया थिङलाई राप्ती नगरपालिका वर्डा नम्बर ४ का स्थानीय २७ बर्षीय बम बहादुर कुवँरले बलात्कारको प्रयास गरेका हुुुन् । कुवँरलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भण्डारामा अनुसन्धानका लागि राखिएको छ । लोथर बजारबाट करिब साढे २ किलोमिटर उत्तरतर्फ जंगल क्षेत्रमा एक्लै भएको मौका छोपी कुवँरले आफुलाई लछार पछार गर्दै बलात्कार गर्ने प्रयास गरेको पिडित थिङले बताइन् । थिङको अनुहार र शरिरका विभिन्न भागमा चोट देखिएको र उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको अस्थायी प्रहरी पोस्ट लोथरका प्रहरी सहायक निरिक्षक नरेश श्रेष्ठले जानकारी दिए ।