प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरै छाड्ने : आईजीपी खनाल


चितवन बैशाख १३(
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरैं छाड्ने चेतावनी दिएका छन् । प्रहरी मातहतका प्रमुखहरुलाई निर्देशन दिन चितवन आएका खनालले पत्रकारहरुसंग कुराकानी गर्दै प्रहरी भित्रका केही नालायक सदस्यहरुले गरेको कामले समग्र प्रहरी संगठन बदनाम हुन नहुने बताए । “प्रहरी संगठनभित्र केही त्यस्ता किराहरु छन जस्लार्ई फाल्नुपर्छ महानिरीक्षक खनालले भने”े,त्यस्ता किराहरुको कारण प्रहरी धेरै बदनाम भएको भन्दै तिनीहरुलाई कार्बाही गरिछाड्ने बताए । उनले प्रहरी संगठन सुधारका लागि नै कारवाही र पुरस्कारको प्राबधान राखिएको समेत स्पष्ट पारे ।
खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । खनालले भने “अब नागरिक मैत्री प्रहरी हुन्छ, अपराध नियन्त्रण पहिलो प्राथमिकता छ, खनालले भने, समाजमा राम्रो सन्देश जाने किसिमले काम भैरहेको छ र नितरन्तर हुनेछ ।”