ट्राफिकको सक्रियतामा चोरिएका मोटरसाइकल धमाधम नियन्त्रणमा ।

 

चितवन , १३ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सक्रियता देखाएको छ । एक हप्ता अगाडि वुटवलस्थित भाटभटेनी सुपरमार्केटबाट हराएको ड्यूक मोटरसाइकल चेकजाँचको क्रममा पुल्चोक नारायणगढमा फेला पारी सम्बन्धित धनी रविन्द्रमान श्रेष्ठलाई हस्तान्तरण गरेसंँगै सवारी चेकिङ्गमा सक्रियता देखाएको हो । त्यस्को अलावा पछिल्लो समय हराएका मोटरसाइकलहरु ट्राफिक प्रहरीको सक्रियताका कारण भेटिन थालेको छ । कार्यालय प्रमुख सन्तोष पन्तका अनुसार कतिपयले आफ्नै हेलचेक्याइका कारण मोटरसाइकल हराएका छन् त कतिपयको पार्किङ्ग गरेकै ठाउँबाट मोटरसाइकल चोरिएका छन् । जति पनि चोरिएका मोटरसाइकल छन् ती हाम्रो अग्रसरतामा धमाधम बरामद गर्दै सम्बन्धि धनीलाई पहिचान गरेर मात्रै बुझाउदै आएका छौँ , पन्तले भने ।