३३ किलो सुन काण्ड ः लहरो तान्दा पहरो घर्कियो

प्रहरीका बहालवाला एसपी र पुर्व डीआईजी समेत तानिए,

काठमाडौँ । हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुन काण्डमा एक पछी अर्को रुपमा रहस्यमय बन्दै गएको छ ।

सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समेत पक्राउ परेपछी प्रहरीसँगकै मिलेमतोमा नेपालमा सुन तस्करी मौलाईरहेको घाम जत्तिकैं छर्लगं भएको छ ।

सो काण्डमा निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालदेखि केही नेता व्यापारीहरू समेत तानिने सम्भावना बढ्दै गएको छ ।

सुनकाण्डको विस्तृत अनुसन्धानका लागि सरकारले गठन गरेको अनुसन्धान समितिले पूर्वडीआईजीलगायतका प्रहरी अधिकारीहरूलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेसँगै निवर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डीएसपी सञ्जय राउत अनुसन्धानको दायरामा तानिएका छन् । त्यसैगरी, सुन व्यापारी पवन अग्रवाल, राजेन्द्र शाक्य, बाजेको सेकुवा सञ्चालक चेतन भण्डारी पनि मुछिएका छन् ।

वर्तमान सत्ताधारी नेताका आफन्तहरू पनि तानिएको स्रोतले जनाएको छ । विगतमा सुन कारोबारमा संलग्न शाक्य यस प्रकरणमा भने संलग्न थिएनन् कि भन्ने प्रहरी अनुसन्धानमा देखिएको छ । यस प्रकरणमा संलग्न भनिएका दुइजनाको शंकास्पद मृत्यु र एकजनाको हत्या भईसकेको छ जस्को कारण यो प्रकरण थप रहस्यमय बनेको छ यधपी सुन कहाँ छ भन्ने कुरा अझैं खुल्न सकेको छैन ।

गृह मन्त्रालयले गठन गरेको छानविन समितिले सुन तस्करीमा संलग्न रहेको आरोपमा पुर्वप्रहरीनायव महानिरिक्षक डिआईजी गोविन्द निरौलालाई अस्तीमात्र पक्राउ गरी कर्तव्य ज्यान तथा संगठित अपराध मुद्धामा अनुसन्धान थालेको छ ।

गत् ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए ।
गोरे र सन्जेलबीचको सहमतिको रिपोर्टिङ महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई भइरहेको थियो । यो बीचमा पैसाको बार्गे्निङ भयो, प्रहरी अधिकारीहरुले पाँच करोड मागेका थिए, अन्तिममा दुई करोडमा सहमति भएको हो ।
तर, गोरेलाई समात्न गएका डिएसपी केसी अपरेशनकै बीचमा एक दिन मोबाइल पनि स्वीच अफ गरेर प्रहरी सम्पर्कबाट बाहिर थिए । त्यसैले पनि उनीमाथि शंका छ ।
गोरेले सनमको शब मोरङबाट उठाएर इटहरी र धरानबीचको जंगलमा तह लगाउने योजना बनाएका थिए । त्यहीबीचमा काठमाडौं र मोरङको प्रहरी धरान पुगिसकेको थियो । त्यो बीचमा प्रहरी र गोरेबीच फोनमा बार्गे्निङ पनि चलिरहेको थियो ।
पाँच करोडबाट सुरु भएको बार्गे्निङ दुई करोडमा टुंगिएको थियो । पैसा बोकेर गोरे धरान आउन राजि पनि भएका थिए । प्रहरी गोरेको प्रतिक्षामा थियो, रात बित्दै गएपछि गोरेले धरान होइन, बिराटनगरको पोखरीयामा भेट्ने प्रस्ताव राखे ।

प्रहरी टोलि तत्काल पोखरीया पुगेर कुर्न थाल्यो । केही समयपछि बा १२ प ५९६३ नं. स्कोरपियो प्रहरी टोली छेउ रोकियो । तर, भनिएकै नम्बरको गाडिमा गोरे थिएनन, उनका सहयोगी मात्र थिए, डिक्कीमा सनमको शब थियो । सम्पर्क गर्दा गोरेको फोन स्वीच अफ भइसकेको थियो ।

त्यसयता उनी सम्पर्कमा छैनन् । गाडि चालकको सहयोगमा गोरेका पुर्वसहयोगी काभ्रेका ३२ बर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ बर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ बर्षीय मोहन काफ्लेलाई पक्राउ गर्यो ।
उनीहरुलाई सनमसँगै काठमाडौंबाट मोरङ लगिएको थियो ।