चालु आर्थिक वर्षको नौ महिनामा साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन ।
चितवन , १३ बैशाख । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको नौ महिनामा करिब साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कार्यालयले १४ अर्ब ४५ करोड ६७ लाख ३७ हजार रुपैया राजश्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०७४र२०७५ को चैत सम्मको तुलनामा यस आर्थिक बर्षमा संकलित राजस्व रकम ३०।६२ प्रतिशतले बढी हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका सूचना अधिकारी डिल्लीराम पौड्यालका अनुसार गत आर्थिक वर्षको चैतसम्म कार्यलयले ११ अर्ब ६ करोड ७७ लाख ५१ हजार राजश्व रुपैया संकलन थियो । यो रकम गत आर्थिक वर्षको भन्दा ३ अरर्ब ३८ करोड ८९ लाख ८६ हजार रुपैयाँले बढी हो । कार्यालयले यो बर्ष अनुमानित भन्दा बढी राजस्व संकलन हुने दाबी गरेको छ । यो आर्थिक बर्षमा १९ अर्ब ७४ करोड ४९ लाख ७६ हजार रुपैंयाँ संकलन गर्ने कार्यालयको लक्ष्य छ । आर्थिक बर्ष सकिन ३ महिना बाँकी हुँदा ५ अरर्ब २८ करोड ८२ लाख ३९ हजार राजश्व मात्रै संकलन गनुपर्ने देखिएकाले पनि बढी राजश्व संकलन हुने अनुमान छ । राजश्व कार्यालयले आन्तरिक शुल्क तर्फ सबैभन्दा बढी राजस्व संकलन गरेको छ भने शिक्षा क्षेत्रमा सवैभन्दा कम राजश्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत थान प्रसाद पंगनीले लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको बताए । बजार क्षेत्रमा कर प्रशासनको उपस्थिति, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको बिकास लगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्य भन्दा बढी हुँदै गएको उनको भनाई छ । यस्तै , राजश्व कार्यालयले संकलन गर्दै आएको घरवाहाल कर स्थानीय तहले उठाउन थालेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार घरवाहल कर सम्बन्धी लागत राजस्व कार्यलयले स्थानीय कार्यालयलाई दिने र चैत १२ पछिको घर वाहाल कर स्थानीय सरकारले उठाउने पंगेनीले बताए ।
ब्ततबअजmभलतक बचभब