यी ब्यापारीको कालो धन्दा कसले रोक्ने ?

राज्यको लाखौँ राजस्व स्वाहा हुदाँपनि किन छानविन हुदैन ?

 चितवन
चितवनको ब्यस्त बजार नारायणगढको विच भागमा रहेको शहिदचोकको ठूलो होलसेल कपडा पसल जस्को नाम ‘राजकुमार’ मात्रै । यो पसल धेरै पुरानो पनि हो । रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले जति नै पटक छापा मारेपनि माथितिरबाट र भित्रि लेनदेनमा कुरा मिलाउने भएकाले उनी सधै उम्कदै आईरहेका छन् । सर्वसाधारणलाई चर्को मूल्य लिइ ठगेको भन्दै जनयुद्ध कालमा माओवादीले समेत कार्बाही गरेको त्यही पसल संचालक गुप्ताले करोडौँ राजस्व स्वाहा पारीरहेको भएपनि राज्यका निकायहरु मुकर्दशक बस्दा मुलुकलाई ठुलो राजस्व घाटा भईरहेको हो ।
ं सबैतिरको मिलिभगतमा गुप्ताले करोडौँ कर छलेको खुल्नमा आएको छ । एक नम्बरी, दुई नम्बरी दुबै धन्दामा माहिर गुप्ताको कालो धन्दा बढ्दै जाँदा राज्यलाई यथोचित कर तिरी ब्यापार गर्ने ब्यवसायीहरु समेत विस्थापित बन्दै जान थालेका छन् । खुला सिमाको फाइदा उठाई चोरी निकासी गरिएको ठूलो मात्रामा ब्यापार गरेका गुप्ताको सम्पूर्ण हिसाब–किताब, स्टक मालको जाचँपड्ताल गरेमा यथार्थ निस्कने स्वंय गुप्ताकोमा काम गर्ने एक गोप्य स्रोतले बतायो । स्रोतका अनुसार आय करमा समेत ठूलो घोटला गरेका गुप्ताले कमाएको रकमको ठूलो हिस्ता भारतमै लग्ने गरेको पनि बुझिएको छ । गुप्ताले नेपाली नागरिकता बनाएको विषयमा यस अघि नै जिल्ला प्रशासन कार्यालयमा उजुरी परे पनि उनले पैसाको बलमा केशलाई डिसमिस गराएको समेत स्रोतको दाबी छ । गुप्ता र उनका परिवारका सदस्यहरुको नागरिक्ता छानविन गर्नुपर्ने भएपनि पैसाको बलमा उनले प्रशासनलाई समेत गुमराहमा पार्दै आईरहेको बुझ्नमा आएको छ । यस विषयमा अनुसन्धान गर्नुपर्ने देखिन्छ । गुप्ताको कालो धन्दा बढ्दै जान थालेपछि त्यसलाई रोक्ने कसले भन्दै नारायणगढका केही ब्यवसायीहरुको विचमा खाससुस चर्चा परिचर्चा भईरहेको बुझिएको छ ।
यिनको धन्दा पनि उस्तै राज्यलाई कर छल्नमा त्यस्तै
यता नारायणगढको बेलचोकमा रहेको जोगेन्द्र शाहको शिव टेर्ड«सले ब्यापक मात्रमा कर छलि गरि रहेको बुझिएको छ । कुखुराको दानाको कच्चा पदार्थ लगायतको सामग्री भारतबाट आयात लगायतका कारोबार गर्ने शाहले सामान मगाउदा ग्राहककै फर्ममा मगाउने, भन्सार छल्ने, खुल्ला सिमाबाट चोरी गरी ल्याउने तथा दानाका रो मेटिरीयलमा कमसल पदार्थहरुको मिसावट गर्ने गरेको स्रोतले बताएको छ । गत महिना क्षेत्रिय राजस्व अनुसन्धान कार्यालय पथलैयाले नारायणगढ कै इन्दु टे«र्डसमा छापामारी करोडौँको फाइल जफत गरेको भएपनि शाहको धन्दामा राजस्वको नजर नपर्नुले यिनले कता दह्रै सेटिड्ड मिलाएका छन की भन्ने आम चर्चा बढिरहेको छ । यसैविच यस विषयमा बुझ्न खोज्दा शाहको फोनमा सम्पर्क हुन सकेन ।