मैत्रीपुर्ण फुटवल खेलमा खैरहनी नगरपालिका २ शुन्य गोल अन्तरले विजयी

चितवन,बैशाख ११(
मैत्रीपुर्ण फुटवल खेलमा उद्योग वाणिज्य संघ खैरहनीलाई २ शुन्य गोल अन्तरले पराजीत गर्दै खैरहनी नगरपालिका विजयी भएको छ ।
खैरहनी ६ स्थित युवा स्वर्ण तारा क्लवको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपुर्ण खेलमा खैरहनी नगरपालिकाले उद्योग वाणिज्य संघलाई २ शुन्य गोल अन्तरले पराजीत गरेको हो । नगरपालिकाको जितमा इन्जिनियर राजेश कोईराला र कम्प्युटर अप्रेटर प्रेम सिलवालले एक एक गोल गरेको प्रतियोगिताका संयोजक एवंम् क्लवका सचिव सागर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार खेलमा नगरपालिकाका इन्जिनियर कोईराला म्यान अफ दि म्याच घोषित भए ।
खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष मनोज खड्गीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर उपमेयर सुनिता थपलिया, ७ का वडाध्यक्ष मनेजर चौधरी,संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा,सदस्य अर्जुन लम्सालले मन्तव्य राख्दै यस्ता खेलले दुई संस्थाबीचको आत्मीयता,सम्वन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरेका थिए ।