चितवनमा अबैध यौन धन्दा मौलाउँदै ।

दोहोरी साँझमै मोल मोलाई हुने, प्रहरी तमासे मात्र ।


चितवन ।
आपसमा समझदारी कायम गरी आफुखुसी जोडिहरु होटल तथा लजमा आई बस्ने कुरा त् अब सामान्य नै भईसक्यो । यसरी होटल तथा लजमा आउनेहरुको उद्धेश्य यौन सम्बन्ध कायम राख्नु नै हुन्छ । यद्यपी यो उनिहरुको ब्यक्तिगत स्वतन्त्रता र निजी मामिलै हो । यस विषयमा हामीले धेरै टाउको दुःखाउनु पनि नपर्ला। कुनै सार्वजनिक स्थानमा वा समाजलाई असर गर्ने गरी कोही कसैले ब्यक्तिगत स्वतन्त्रताको नाममा विकृति ल्याउन खोज्छ भने त्यो समाजले पचाउँदैन तर बन्द कोठा भित्र रहेका प्रेमी प्रेमीकाहरुको सम्बन्धलाई लिएर प्रश्न उठाउने एवं कुनै कार्वाहीको पनि अब आवश्यकता नपर्ला । यो त भयो जोडीहरुको कुरा जुन चितवनका मात्र हैन नेपाल भरका होटलहरु चल्नुमा यिनै जोडिहरुकै मुख्य योगदान देखिने एक अनुसन्धानले देखाएको छ ।
कुरा जोडिहरुको होइन अबैध यौनधन्दा र सामाजिक रुपमा छरिएको विकृतिको हो । केही वर्ष यता देखी चितवनमा अबैध यौन धन्दा मौलाउँदै छ । होटल, रेष्टुरेण्ट, कटेज एण्ड बार, दोहोरी साँझ र कतिपय घर तथा अन्य स्थानमा समेत अहिले यौन धन्दा हवात्तै बढेको देखिन्छ । विशेष गरी भारतीय ग्राहक, उमेर पुगेका पैसावाल, आफै युवती फकाउन नसक्ने पुरुषहरुको जमात र अन्य कतिपय नवयुवाहरु अबैध यौन धन्दामा आफ्नो प्यास मेटाउन ति स्थानहरु चहार्ने गरेको देखिन्छ । ग्राहकको रुपमा रहेका त्यस्ता ब्यक्तिहरुलाई आर्कषित गरी आफ्नो कालो सेतो दुवै ब्यापार बढाउन चितवनका केही ब्यापारीहरु लागि परेको प्रष्टै देखिन्छ । यस्ता ब्यक्तिहरुलाई लक्षित गरी कतिपय होटल तथा कटेजहरुले विशेष गरी आर्थिक रुपमा कमजोर, पहाड तथा दुर्गम ग्रामिण भू–भागका युवतिहरु जो यहाँ पढ्न, काम गर्न आएका हुन्छन् र कतिपयको आमा बाबु समेत हुदैनन् । त्यस्ता युवतिहरुलाई ललाई फकाई, आर्थिक प्रलोभन दिई र कपिपय स्थितीमा धम्काउनुका साथै परिबन्धमा पारी यौन धन्दामा लगाउने गरेको तथ्य यस अघि नै आईसकेको छ । चितवन प्रहरीले यस्ता अबैध यौनधन्दा चलाउने केही होटलवालालाई पक्राउ गरेको पनि छ ।यो सकारात्मक छ, यद्यपी त्यो नगन्य र लाईन मिलाउनलाई गरिएको देखावटी कार्य मात्र भएको स्वंय इमान्दार होटल ब्यवसायीहरु बताउँछन् । हुनपनि प्रहरी शैलीलाई हेर्दा त्यस्तै हेखिन्छ । जिल्लामा युवति मिलाइदिने भन्दै होटलमा पुरुष ग्राहक बोलाउने होटलहरु झण्डै दुई दर्जनको हाराहारीमा रहेको अध्ययनले देखाएको छ । अरु थप आधा दर्जन कटेजको समेत यस्तै धन्दा छ । ति सबैबाट प्रहरीको उठन्तै टोलीले हप्ता उठाईरहेको पनि अध्ययनले देखाउछ । यसको अलवा पुरै घर वा कोठा लिएर यौन धन्दा संचालन गर्नेहरु पनि चितवनमा सक्रिय रहेको देखिन्छ । त्यस्तै केही तेस्रो लिड्डिहरु साँझ परेपछि विरेन्द्र क्याम्पस र नारायणगढ बजार आसपासमा ग्राहक खोजिरहेको पनि चितवनमा आजभोली खुलै आँखाले देखिन्छ । यसरी दिन प्रतिदिन लज तथा कटेज रेष्टुरेण्टहरुमा यौन धन्दा मौलाउदै गएपनि चितवन प्रहरी मुक दर्शक एवं तमासे बस्नुले कत्तै चितवन प्रहरी कै संरक्षणमा त जिल्लामा यौन धन्दा मौलाइरहेको त् छैन ? भन्ने गम्भिर आंशका पैदा भएको छ । चितवनका एसपी दिपक थापको बोली र ब्यवहारको भिन्नता एवं कार्यशैलीले आशंका गर्ने प्रशस्त आधारहरु दिएको छ । यद्यपी प्रहरीको क्षमतामा कमि हो या अन्य के भन्ने आगामी दिनले नै देखाउला । यसैविच यस विषयमा जिल्लामा अबैध यौन धन्दा रहेको छ । प्रहरी किन मुक दर्शक र तमाशे भनि हामीले चितवन प्रहरी प्रवक्ता प्रभु ढकाललाई सोधेका थियौ, उनले भने अबैध यौन धन्दा गर्नेहरुलाई हामीले छाडेका छैनौ भन्नुस हामी कुनै पनि हालतमा कार्बाही गरेरै छाडछौं । प्रहरी प्रवक्ताले त्यसो भनि रहे पनि जिल्लाको अवस्था झन् विग्रदो छ । जिल्लामा एक पछि अर्को अबैध यौन धन्दा मौलाइरहेको छ । आखिर अबैध यौन धन्दा मौलाउनुमा को जिम्मेवार ? यसलाई रोकथाम गर्न नसक्नु के राज्य, प्रहरी प्रशासनको कमजोरी होइन र ?
दोहरी साँझमै मोलमोलाई
यता चितवन नारायणगढको पुलचोकमा रहेको रोयल दोहरी साँझमा दोहरी सुन्न तथा हेर्न र खान जाने ग्राहकहरु सँग दोहरी साँझ भित्रै मोलमोलाई भई आफुले रोजको यौनकर्मी लिएर जाने गरेको तथ्य फेला परेको छ । विरगञ्जका राकेश श्रेष्ठले संचालन गरेको उक्त दोहरी साँझ जिल्लामा अबैध यौन अखडाको रुपमा परिचित भई सकेको भएपनि चितवन प्र्रहरी नतमस्तक देखिन्छ । रोयल दोहरी साँझ मात्र होइन जिल्लाका अन्य कतिपय दोहरी साँझमा समेत यौनकर्मी र ग्राहकहरुको सम्पर्क तथा मोलमलाई प्रतयक्ष तथा अप्रत्यक्ष रुपाम भई मन परेकालाई छानी लजमा लैजाने कार्य हुने गरेको स्वंय एक पुबृ यौनकर्मीले भण्डाफोरलाई जानकारी दिए।