जवरजस्ती करणी मु्द्धाका फरार प्रतिवादी पक्राउ


चितवनमा आज मंगलबार जवरजस्ती करणी मु्द्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन माडी नगरपालिका वडा नं.७ कल्याणपुरमा जिल्ला बारा कलैया नगरपालिका वडा नं.६ बस्ने बर्ष २१ को समिर मिया पक्राउ परेका हुन् । मियाले स्थानीय बर्ष २० कि महिला लाई जवरजस्ती करणी गरि फरार रहेको र निजले गरेको उक्त जवरजस्ती करणीबाट ति महिला गर्भवती भएको प्रहरीले जानकारी दिएको छ । भरतपुर म.न.पा. वडा नं.८ प्रेमवस्तीमा लुकीछिप िबसेको अवस्थामा प्रहरीले मियालाई पक्राउ गरि मुलुकी ऐन, जवरजस्ती करणीको महल अनुसार मुद्धा दर्ता गरि कानूनी कारवाही अगाडी बढाईएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।