गायक जोन लामाको नयाँ गीत भण्डारा बजारमा विमोचन

बैशाख ११, रत्ननगर । लोक दोहोरी गायक तथा संकलक जोन लामाको नयाँ गीत भण्डारा बजारमा बिमोचन गरिएको छ । रत्ननगरमा मंगलबार एक कार्यक्रमका बीच गीतको विमोचन गरिएको हो । पुर्वी चितवनको भण्डारा बजार सेरोफेरोमा केन्द्रित भई तयार पारिएको गीतको कार्यक्रमका प्रमुख अतिथी राप्ती नगरपालिका वडा नं ८ का अध्यक्ष बुद्धिराज थपलियाले विमोचन गरे । स्थानिय स्तरको मौलिक शब्द समेटिएको गीतले भण्डारा बजारको पहिचान बोकेको भन्दै यस्ता सिर्जनाले पर्यटन प्रवद्र्धनमा समेत सकरात्मक भुमिका खेल्ने बताए । बिमोचन कार्यक्रममा राप्ति ७ का वडाअध्यक्ष सुमिता डल्लाकोटि, राष्टिय लोकदोहोरी प्रतिष्ठान चितवनका सदस्य दशरथ सापकोटा, पुर्वी चितवन साहित्य परिषदका अध्यक्ष लिला दहाल लगायतले जोनको गीत उत्कृष्ट बनेको भन्दै सफलताको शुभकामना ब्यक्त गरे । गीतमा सञ्चारकर्मी समेत रहेका गायक जोन लामा र गायिका सरिता शरगमको स्वर रहेको छ भने लय शव्द रचना लामाले नै गरेका छन् ।

विमोचन कार्यक्रममा बोल्दै गायक लामाले पछिल्लो समयमा मौलिक गीत संगितको अभाव भैरहेको अवस्थामा आफ्नो गितले मौलिक तथा स्थानिय स्तरको गितीभाव समेट्न सकेको बताए । यसअघि पनि लामाले मायाको गुणै भूल्दिन बोलको गित बजारमा ल्याएका थिए । गीतको भिडियो पनि युटुबमा सार्वजनिक भइसकेको छ भने छोटो समयमा नै दर्शक स्रोताबाट उत्कृष्ट प्रतिक्रिया आइरहेको गायक लामाले बताए ।