क्षेत्रपुरस्थित सुगम पियाको घरमै जुवाखाल

चितवन प्रहरी किन बस्छ मुकदर्शक ?


चितवन भरतपुर महानगरपालिका वडा नंं २ क्षेत्रपुरस्थित सुगम पियाको पुरानो घरमा दिन दहाडै जुवाखाल संचालन भईरहेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य सुचना अनुरुप दैनिक जुवाखाल भइरहेपनि चितवन प्रहरीले रकम लिई छाडिदिने गरेको बुझिएको छ । पियाको घरमा दैनिक २ बजेपछि जुवा खाल संचालन हुन्छ तर प्रहरीले किन समाउन सक्दैन ? क्षेत्रपुरकै एक स्थानियले गुनासो गर्दै भने । पियाको घरमा मात्र होइन क्षेत्रपुरकै अर्को २ वटा घर, नारायणगढ, भरतपुर,चनौली, जगतपुर, टाँडी, पर्सा, भण्डारा र सौराहाका एकाध होटलहरुमा समेत दैनिक जुवाखाल सञ्चालन भईरहेको सुचना पाएर पनि प्रहरीले कार्बाही नगरेको स्थानियहरुले गुनासो गरेका छन् । जुवाखाल मात्र होइन जिल्लामा वेश्यावृति र गैरकानुनी ग्रायाभल उत्खनन् लगायतका अबैध कार्यहरु निर्वाद रुपमा संचालन भईरहनुले प्रहरीकै मिलेमतोमा विकृति विसंगति बढिरहेको आम विश्लेषण भईरहेको छ । स्मरण रहोस् भरतपुरको थकाली भान्छा घरमा लामो समयसम्म जिल्लाका एस.पी. दिपक थापाका विश्वासपात्र राम विश्वास यादवले हप्ता उठाउँदै संचालनमा ल्याईरहेको ठूलो जुवाखाल भण्डाफोर अभियानको निरन्तर खबरदारी पछि मात्र प्रहरीले छापा हान्न बाध्य भएको थियो । अहिले पनि जिल्लामा थुप्रै जुवाखाल प्रहरी संरक्षणमै संचालन भईरहेकोले यस विषयमा प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय लगायतका निकायले आवश्यक छानविन गर्नुपर्ने स्थानियले बताएका छन् । यसैविच जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी उपरिक्षक प्रभु ढकाललले यस विषयमा छानविन गरी आवश्यक कार्बाही गरिने बताए ।