हात्तीको आक्रमणबाट भरतपुर २३ खड्कौलीमा लाखौंको क्षति ।


चितवन÷चितवन राष्टिय निकुन्जबाट आएको हात्तीको आक्रमणबाट भरतपुर २३ खड्कौलीमा लाखौंको क्षति भएको छ । हिजो राती जंगली हात्ति आई भरतपुर २३ खड्कौली का बिमल दराईको खरले छाएको १ तले घर, अन्नपात गरी.पचास हजार बराबरको क्षेति भएको, त्यस्तै सोही स्थानका मगराज दराईको खरले छाएको १ तले घर,अन्नपात गरी पचास हजार बराबरको क्षेति भएको , त्यस्तै सोही स्थानकाो गोपी दराईको खरले छाएको १ तले घर,अन्नपात गरी पचास हजार बराबरको क्षेति भएको , त्यस्तै सोही स्थानका सन्तराम दराइर्को खरले छाएको १ तले घर,अन्नपात गरी करिब एक लाख बराबरको क्षेति भएको चितवन प्रहरीले जनाएको छ । रातको १२ बजेको समयमा घटना भएको हो। राती नै ईप्रका गितानगरबाट गएको प्रहरी टोली र निकुञ्जको टोली परिचालन गरिएको थियो । उक्त घटनालाई लिएर आज दिउँसो ३ बजे क्षतिपुर्तिको माग गर्दै भरतपुर माडी सडक खण्डको कसरा प्रवेश मेनगेटमा पिडित पक्षले आन्दोलन गरेका थिए । सोमबार दुबै पक्ष बिच बसेर छलफल गर्ने सहमती भएको चितवन प्रहरीले जानकारी दिएको छ ।