त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई केजी सुनको झोलसहित एक भारतीय नागरिक पक्राउ

९ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दुई केजी सुनको झोलसहित आज एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सुनको विस्कुट र गहना बनाएर तस्करी हुने गरेको कुरा अब नौलो रहेनन् । विमानस्थल प्रहरीले सुन तस्करीको नयाँ शैली फेला पनि फेला पारेको छ ।
झोल बनाएर भित्र्याउन लागिएको १ हजार ९ सय ६८ ग्राम सुन प्रहरीले बरामद गरेसँगै तस्करीको नयाँ शैली सार्वजनिक भएको हो ।
दूबईबाट आएको सुनको झोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । यद्यपि, पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले अझैं सार्बजनिक गरेको छैन ।

‘एउटा केमिकलको प्रयोग गरेर दूबईबाटै जेल बनाएर कम्मरमा बाँधेर बैल्ट जस्तै देखिने गरी ल्याएको अवस्थामा सुन बरामद भएको हो’, विमानस्थल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले भने, ‘जेल बनाएपछि मेटल डिटेक्टरले पनि थाहा नपाउने भएपछि उनीहरुले यो शैलीको प्रयोग गर्दा रहेछन् ।’

यसअघि विमानस्थल प्रहरीले गत २९ चैतमा पनि झोल बनाइएको २७ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको थियो ।