चितवनमा फेरी मर्यो अर्को दुर्लभ पाटे बाघ

२ महिनामा ४ पाटेबाघ मरे ।

 

चितवन,९ बैशाख ।चितवनको सौराहानजिकै राप्ती किनारमा आइतबार विहान फेरी अर्को एउटा दुर्लभ पाटेबाघ मरेको छ । चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार जुधेर नै बाघ मरेको हुनसक्ने देखिन्छ । यो सँगै पछिल्लो २ महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ । अहिले बाघ मरेको स्थानमा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकसहित पशु चिकित्सकको टोली बाघको मुचुल्का र पोष्टमार्टमका लागि घटनास्थल पुगेको छ ।