नवलपरासीमा मिलेमतो मैं खोलाजन्य पदार्थको चोरी–निकासी बढ्यो

नवलपरासी, ९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रभित्र पर्ने झरही खोलामा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्करहरुले खोलामा साँझ बिहान खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ ।

रामग्राम नगरपालिका–१ सहुवा टिकर र वडा नं ४ सूर्यपुराबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र भक्सट निकाली बजारमा बिक्री वितरण गरिरहेको स्थानीयवासी बताउँछन् । यद्यपि खोलामा अलिहेसम्म ठेक्का लाग्न सकेको छैन । दिनहुँ करीब १०० ट्र्याक्टरले खोलाबाट अवैध उत्खनन गरी बालुवा तथा भक्सट चोरी गरी बिक्री वितरण गरिरहँदा रामग्राम नगरपालिका मौन बसेको छ । नगरपालिका तथा जिल्ला समन्वय समितिले अनुगमन नगर्दा खोलामा व्यापक चोरी बढेको स्थानीयवासी बताउँछन् । तस्करहरु प्रहरीको सेटिङमा खोलामा दिनदहाडै खोलाजन्य पदार्थ झिकिरहेको स्थानीयवासीको आरोप छ । यसरी खोलाबाट दिनहुँ लाखौँ रकमको खोलाजन्य पदार्थको चोरी तस्करी भइरहँदा सम्बन्धित निकाय चुपचाप किन बसिरहेको छ भन्ने कुरा लाटोले पनि बुझन् सक्ने स्थानियहरुले बताएका छन् ।

क्ष्लनभि ल्भधक द्यगततयल