अपाङ्ग बालिकामामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पौडेल समातिए ।

 

चितवन , ९ बैशाख । अपाङ्ग बालिकामामाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको श्रीगणेश अपाङ्ग धार्मिक सेवा केन्द्र सञ्चालन गर्दै आएका विष्णु पौडेललाई आश्रममा रहेका अपाङ्ग बालिकाहरु माथि यौन दुव्र्यवहार गरेको भन्दै स्थानीय आमासमुहको सहयोगमा जिल्ला बालकल्याण समितिले पक्राउ गरेर प्रहरीलाई बुझाएको हो । बिशेष सूचनाका आधारमा अनुगमनमा गएको जिल्ला बालकल्याण समिति चितवनको टोलीले अपाङ्ग संरक्षण केन्द्र सञ्चालन गरेका पौडेललाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको थुनामा राखिएको छ । शुुुक्रबार शिल गरिएको उक्त आश्रमको सम्पत्ति जफत गरिनुका साथै आरोपित पौडेललाई कानुन अनुसार कारबाही गरिने जिल्ला बालकल्याण समितिले जनाएको छ । विगत १ बर्षदेखि सञ्चालित श्रीगणेश अपांङ्ग धार्मिक सेवा केन्द्रले सो आश्रमलाई गरिखाने भांँडोका रुपमा प्रयोग गर्दै आएको थियोे , स्थानीय बाह्रघरे आमा समुहकी सचिव ज्ञानु रेग्मिले भन्छिन् स्( श्रीगणेश अपांङ्ग धार्मिक सेवा केन्द्रका सञ्चालक विष्णु पौडेलले अपांङ्ग बालबालिकाहरुलाइ देखाएर चन्दा समेत उठाउँदै आएका थिए । यसैबीच , जिल्ला बालकल्याण समितिको शुक्रबार बसेको बैठकले सो आश्रममा आश्रित बालबालिकाहरुलाई अन्य आश्रममा पुर्नस्थापना गर्ने निर्णय गर्दै उनीहरुलाई बालगृहमा लगिएको छ । महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेलका अनुसार यौन दुव्र्यवहारका पीडित दुई अपाङ्ग बालिकाहरुलाई आदर्श गृह लगिएको हो । झन्डै ९ बर्षदेखी ३५ बर्षसम्मका अपांंङ्ग रहेको उक्त केन्द्रमा अब एक जना अपांङ्ग बालकलाई हाम्रो घर र एक बयस्क व्यक्तिसहित ३ जनालाई मानव सेवा आश्रममा राख्ने तयारी भइरहेको छ ।