मानव वेचबिखन तथा ओसारपसार मुद्धामा फरार अभियुक्त पक्राउ


चितवन , ८ बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले पुुुनः सक्रियता देखाएको छ । कार्यालयले अवलम्बन गरेको रणनिती अनुसार फरार अभियुक्त पक्राउ गर्न गठित विशेष टोलिले मानव वेचबिखन तथा ओसारपसार मुद्धामा फरार रहेका जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.२५ शुक्रनगर बस्ने बर्ष २६ को महेन्द्र परियार भन्ने बिर बहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन प्रहरीले दिएको जानकारी अनुसार उनलाई दिव्यनगर एरियामा लुकुछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । परियारलाई मानव बेचबिखन तथा ओसारपसार मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरि विस्तृत अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।