मापदण्ड विपरीत सञ्चालित क्रसरले बनाएको कुलोमा डुबेर एक बालकको मृत्यु

नियमन गरी मापदण्ड विपरीत सञ्चालित क्रसर रोक्ने जिम्बेवारी कस्को ?

फाईल फोटो

मेलम्ची, ७ वैशाख, मापदण्ड विपरीत सञ्चालित क्रसर उधोगले बनाएको कुलोमा बिहीबार डुबेर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा एक बालकको मृत्यु भएको छ ।

भोजपुर स्थायी ठेगाना रही मेलम्ची नपा–१२ गिरानचौरमा रहेको मामाघर आएका ११ वर्षीय कर्साङ तामाङको क्रसरले बनाएको कुलोमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताए ।

सो स्थानमा रहेको गंगा इन्द्रावती क्रसरले खनेको कुलोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका छन् । इन्द्रावती नदी किनारमा क्रसरले बनाएका असंख्य खाल्डा मध्येको एउटामा बालकको डुबेर मृत्यु भएको स्थानीयले बताए । घटनापछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । शव परीक्षणको लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मेलम्चीको इन्द्रावती नदी किनारमा आधा दर्जन भन्दा बढी क्रसर रहेका छन्, ति कुनै पनि मापदण्ड भित्र पर्दैनन् । क्रसर सञ्चालनको लागि कानून संवत तोकिएको नियम बिनानै सञ्चालन गर्दै आइरहेका छन् । नेपाल सरकारले क्रसर सञ्चालनको लागि राजमार्गबाट ५०० मिटर टाढा, खोला किनारबाट ५०० मिटर टाढा, वन तथा आरक्षणबाट दुई किलोमिटर टाढा हुुनुपर्ने मापडण्ड तोकेको छ । अहिले इन्द्रावती नदी किनारमा सञ्चालन भएका क्रसर तोकिएको मापडण्ड विपरीत निर्वाध रुपमा चलिरहँदा पनि स्थानीय सरकार तथा जनप्रतिनिधि मौन बसेका छन् ।
यसरी मापदण्ड विपरीत सञ्चालित क्रसरलार्इृ रोक्ने जिम्बेवारी कस्को ?
नियमविपरीत नदीमा सिधै स्काभेटर प्रयोग गरी असंख्य खाल्डो बनाएको देख्दा पनि स्थानीय सरकारले अनुगमन नगर्नु तथा कारबाही अगाडि नबढाउनुले पनि क्रसर सञ्चालकहरुबाट स्थानीय सरकार, प्रशासन र प्रहरीले मोटो रकम लिने गरेको स्थानीयले आरोप लागाएका छन् । स्थानीय सञ्चारकर्मीले पटकपटक अवैध उत्खनन भएको ध्यानार्कषण गराउँदा समेत सम्बन्धित निकायहरुले कुनै चासो नदिनुले प्रशासनको मिलेमतो प्रष्ट भएको स्थानियले बताए । इन्द्रावती नदी किनारमा रहेका आधा दर्जन क्रसरले बनाएको खाल्डोले नदीको स्वरुप नै कुरुप बनाएको छ । यसअघि पनि क्रसरले बनाएको खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन् ।