बलात्कारको आरोपमा ढकाललाई दस बर्ष जेलको सजाय ।

चितवन । चितवन अदालतले १२ वर्षीया बालिकालाई बालगृहमा राखी जबरजस्ती करणी गरेको आरोपमा एक अभियुक्तलाई दस बर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मुद्दा परेका अभियुक्त ६१ वर्षीय गोविन्द ढकाललाई दस वर्ष कैद र बिस हजार क्षतिपूर्ति भराउने सजाय सुनाएको हो । पाँच वर्ष देखि रत्ननगर नगरपालिका–१ भक्तिनी बगैंचामा बिना दर्ता सञ्चालित बालगृहमा बस्दै आएकी सुर्खेत घर भएकी एक बालिका लाई सञ्चालक ढकालको पटकपटक बलात्कार गर्दै आएका थिए । उनको अत्यचार सहन नसकेर गत भदौंमा बालिका आफ्नै घर गएकी थिइन् । घट्नाबारे आमालाई जानकारी गराए पछि आफन्तले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा परीक्षण गरी कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी दिएको दिन नै इलाका प्रहरी कार्यालय रत्ननगरले अभियुक्त ढकालाई पक्राउ गरेको थियो । अभियुक्त ढकाल सेवा निवृत्त शिक्षक हुन् । सो बालगृहका सञ्चालक ६१ वर्षीय ढकालले गृहमा आश्रित ती बालिकालाई २०७३ वैशाखदेखि २०७४ भदौसम्म पटक पटक करणी गर्दै आएको बालिकाले प्रहरीलाई बयान दिएकी थिइन् ।