पुर्वी चितवनको दैखलीबाट १ क्युन्टल गाँजा बरामद


मङ्गलबार, ०४ बैशाख

चितवन । चितवन प्रहरीले मंगलबार विहान पुर्वी चितवनको राप्ती नगरपालिका ११ दैखलीबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । गोठमा लुकाई राखेको अवस्थामा प्रहरीको टोलीले लागुऔषधको रुपमा प्रयोग गरिने एक सय १२ किलोग्राम गाजाँ बरामद गरेको हो ।
साथै प्रहरीले घटनामा संलग्न स्थानिय ५० बर्षीय ठुलीमाया तमाङ र २३ बर्षका तिलक तमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयचितवनले जनाएको छ ।