नारायणगढको लक्ष्मीनारायण मन्दिर बृहत् ज्ञान महायज्ञ हुदै

चितवन, ४ बैशाख । नारायणगढ क्षेत्रपुरमा रहेको श्री शेष लक्ष्मीनारायण मन्दिरमा ११ करोडको अनुमानित लागतमा ४ तले अत्यन्त सुन्दर धार्मिक पर्यटकीय भवन निर्माणको पूर्णताका लागि यही वैशाख २२ देखि ३० गते सम्म श्रीमद्भागवत ज्ञानमहायज्ञ संचालन हुने भएको छ ।

महायज्ञ सम्पन्न गर्न ३ गते मन्दिरमा भएको भेलाले मन्दिरका पीठाधिश १००८ स्वामी पद्यनाभाचार्य ज्यूको संयोजकत्वमा १००१ सदस्यीय मूल आयोजक समिति ,२९ सदस्ययीय महायज्ञ कार्यसम्पादन समिति तथा विभिन्न १० वटा उपसमितिहरु चयन गरिएको छ ।

कार्यसम्पादन समितिको सह संयोजकहरुमा शान्त प्रसाद पोखरेल, जगन्नाथ श्रेष्ठ (पूर्वी चितवन), नारायण रजैरे (दाङ), थानेश्वर गौतम (सुर्खेत) र गोविन्द पौडेल (काठमाण्डौ) महासचिव लालमणी पौडेल। सचिव पदम बहादुर कार्की, कोषाध्यक्ष ध्रुर्व कुमार श्रेष्ठ लगायत रहेका छन् ।

जसको सल्लाहकारहरुमा भाषविद् डा. चुडामणि बन्धु ,पूर्व साम्सद भीमनारायण श्रेष्ठ, वडा नं. २ का वडाध्यक्ष प्रमोद कुमार श्रेष्ठ र डा.श्री केशवप्रपन्नाचार्य रहेका छन् त्यस्तै विभिन्न उपसमिति संयोजकहरुमा भण्डारा व्यवश्थापनमा श्रीहरी गौतम, मञ्च व्यवश्थापनमा दयामूर्ति पोखरेल, पूजा समितिमा रुपा पिया, शोभायात्रामा पवित्रा जोशी, आर्थिक व्यवश्थापनमा भोला अधिकारी, स्वागत सत्कार तथा सम्मानमा मधुविलास अधिकारी, प्रचार प्रसारमा नवराज ढकाल, आवास व्यवश्थापनमा गंगा प्रसाद अधिकारी, स्वयंसेवक परिचालनमा मिन्द्रा कुमारी श्रेष्ठ एवं अनुगमन तथा समन्वयमा लालमणि पौडेललाई चयन गरिएको छ ।

सो अपसरमा उपसमितिका संयोजकहरुले उपसमितिहरुको पूर्णता दिई लगत्तै बस्ने कार्यसम्पादन समितिको बैठकबाट जिम्मेवारी लिई महायज्ञमा अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महायज्ञमा नेपाल तथा भारतबाट गरि ५० हज्जार भन्दा बढी भक्तजनहरु उपस्थित हुने आयोकहरुले बताएका छन् । महायज्ञमा प्रमुख वाचकका रुपमा राजस्थान संस्कृत विश्वविद्यालयका प्राध्यापक भक्तिसंगीतमय दार्श्निक कथावाचक डा. पुरुषोत्तमाचार्य ज्यू रहुभएको छ ।