दशौँ राष्ट्रपति रनिङ शिल्ड स् क्षेत्रीय खेलमा २२ विद्यालय सहभागी

चितवन, ०२ वैशाख । दशौँ राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा क्षेत्रीय खेल सुरु भएको छ । चितवन क्षेत्र नम्बर ३ ९क०का प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले आइतबार उद्घाटन गरेका उक्त खेलमा जिल्लाका २२ वटा विद्यालयको सहभागिता रहेको छ ।
भरतपुर १९ मा पर्ने शारदानगर माविको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य भुर्तेलले खेलकुदको विकासको लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

गुञ्जानगरमा निर्माणधिन चित्रवन रंगशाला निर्माणको काम गर्नको लागि समेत सहयोग गर्ने भुर्तेलको भनाइ थियो ।
उक्त प्रतियोगितामा दौड, ज्याबलिङ थ्रोलगायत एथलेटिक्स तर्फको १३ वटा विधा तथा भलिबल र कबड्डीमा गरि करिब पाँच सय खेलाडी सहभागी रहेका जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले बताउनु भयो ।

क्षेत्रीय खेलबाट छनौट भएका खेलाडीहरु वैशाख ७ गतेदेखि सुरु हुने जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति चितवनका सदस्य एवम् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्र नम्बर ३ का संयोजक प्रकाश तामाङको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन सत्र सुरु भएको थियो ।