गाँजा सहित एक पक्राउ

चितवन २ बैशाख । चितवन प्रहरीले गाँजा सहित शनिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरी बिट खोलेसिमलबाट खटिएको प्रहरीको गस्ती टोलीले कालिका नगरपालिका–३ दुई बिघामा सवारी चेकजाँच गर्ने क्रममा भालुमारा तर्फबाट खोलेसिमल तर्फ आउँदै गरेको ना १ ह ८७२५ नम्बरको अटोरिक्सामा लुकाइ ल्याएको अवस्थामा तीन किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित धार्दिङ ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ बस्ने वर्ष ६४ को पदमराज त्रिपाठीलाई
पक्राउ गरेको हो ।