नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० निर्वाचनको संघारमा

 चितवन ३ बैशाख । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० निर्वाचनको संघारमा छ । आगामी बैशाख ८ गते काठमाडौंमा हुने निर्वाचनको लागि इक्यानमा दुई समुह विभाजित छ । चुनाबमा विष्णुहरि पाण्डेको समूह र सरोज बस्नेत नेतृत्वको समूहल चुनावी दौडमा छन् । सदृढ र समृद्ध इक्यान बनाउन ‘पूर्ण व्यावसायिक’ व्यक्तित्वहरु रहेको दाबी गरिएको विष्णुहरि पाण्डेको समुहबाट उपाध्यक्षमा देवीदास भट्टराई, खड्ग बहादुर ताम्लिङ्ग लिम्बु, सपना राजभण्डारीको उम्मेद्वारी छ । यस्तै ,महासचिवमा शेषराज भट्टराई, सचिवमा श्याम बहादुर कंडेल९सोम०,दीपकराज भुसाल कोषाध्यक्षमा गोविन्द अधिकारी सह–कोषाध्यक्षमा निरुपमा महर्जन सहित सदस्यमा प्रकाश श्रेष्ठ, पुष्पराज भट्टराई, कर्ण बहादुर गुरुङ, वासुदेव दाहाल, यज्ञविलास पौडेल, बालकृष्ण श्रेष्ठ, महेश ,श्रेष्ठ, सुदन चौहान, सुस्मा आचार्य उम्मेदवार बनेका छन् । देशैभरका इक्यान प्रतिनिधिको साथ र सहयोगले जित सुनिश्चित रहेको अध्यक्षका उम्मेद्वार विष्णुहरि पाण्डेले जानकारी दिए । आफ्ना वार्षिक कार्ययोजना र प्रतिवद्धताहरु प्रस्तुत गर्दै पाण्डेले चितवन निवासी इक्यान सदस्यलाई आफनो समुहलाई जिताउन अनुरोध समेत गरे । सो कार्यक्रममा प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामा प्रमुख अतिथि रहेका थिए ।