स्वीमिङ्ग पुलमा डुबेर एकको मृत्यु ।

चितवन २ बैशाख । चितवनको भरतपुरमा रहेको पुजा फनपार्कको स्वीमिङ पुलमा पौडी खेल्दा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १७ का करिब २१ बर्षिय कालु गुरुङ रहेका छन् । साथीहरुसंँग पौडी खेल्न गएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतक गुरुङको शब भरतपुर अस्पतालमा पोष्टमार्टमका लागी राखिएको छ । गुरुङलाई पौडी खेल्दा डुबेको थाहा पाएपछि रेस्क्यू गरिएपनि बचाउन नसकिएको फनपार्क संचालक कृष्ण देबकोटाले जानकारी दिए । “हामीसंँग ९ जना लाइफगार्ड छन्,उनले भने,लाईफगार्डले रेस्क्यू गरेपनि बचाउन नसकिएको उनको भनाई छ ू । फनपार्कका ३ बटा स्वीमिङ पुल मध्य बच्चा खेल्ने,मध्यम खालको र ठुलो एकरएकवटा स्वीमिङ पुल रहेका छन् ।