फेसबुक बन्द गर्ने हल्ला मात्र : सञ्चार मन्त्रालय

अफबाह फैलाउने सीआईबी कारबाहीमा पर्ने

३० चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ ।
फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले समेत माफी माग्दै हिँड्नु परेको छ ।
नेपालमा पनि सूचना तथा सञ्चार प्रविधि मन्त्रालय फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ ।
पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ र फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्लाको खण्डन गरेको छ ।

गलत सूचना फैलाउनेलाई कारबही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनिएको मन्त्रालयले जनाएको छ ।