भर्ना अभियानलाई सफल पार्न कलाकारहरुको भुमिका महत्वपुर्ण हुने


काठमाण्डौं÷शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोख्रेलले बिद्यार्थी भर्ना अभियानलाई सफल पार्न कलाकारहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन् । मन्त्री पोख्रलले भर्ना तथा पाठ्यपुस्तक वितरण सम्बन्धमा आज राष्ट्रिय स्तरका कलाकारहरु संग अन्तक्रिया गर्दैृ । यस्तो बताएका हुन् । भर्ना अभियानलाई सफल बनाउन र अभियानमा सहभागी हुन मन्त्री पोखरेलले कलाकारहरुलाई आग्रह गरेका थिए । मन्त्री पोखरेलले एक व्यक्तिले एकजना बिद्यार्थी भर्ना गर्न पनि आग्रह गरे । यो अभियान सफल पार्न कलाकारहरुको महत्वपुर्ण भुमिका छ मन्त्री पोखरेलले भने ः कलाको क्षेत्रबाट बिद्यार्थीलाई बिद्यालयसम्म ल्याउन सहयोग गर्नुहोस् ।
कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु मनोज गजुरेल, सिताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्ने बुढा), रमित ढुङ्गाना, प्रदिप बम्जन, रोजी श्रेष्ठ, टंक आर्चाय लगायतकाको उपस्थिती रहेको थियो ।
भर्ना अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कलाकाहरुले बिद्यार्थी भर्ना गर्ने पनि घोषणा गरेका थिए ।