चितवनमा सवारी दुर्घटनामा एकको मृत्यु


चितवन, २८ चैत । चितवनको नारायणगढ मुग्लिङ्ग सडकखण्ड अन्तर्गत भतेरी जंगलमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर जिल्ला बस्ने ३४ वर्षीय राजु गौतम रहेको प्रहरीले जनाएको छ । मंगलबार राती १०ः१५ बजे ना ३९ प १४३९ नम्बरको स्कुटर सँगै पल्टिरहेको अबस्थामा फेलापारी उद्धार गरिएका गौतमको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्कुटर जुटेडीतर्फबाट नारायणगढ आउँदै गर्दा दुर्घटना भएको देखिने प्रहरीले जनाएको छ । यात्रुहरुले घटनाको बारेमा जानकारी दिएपछि प्रहरी पुगेर उनको उद्धार गरेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीले अर्को गाडीले हानेर दुर्घटना भएको आशंका गरेको छ । दुर्घटना गराएको आशंकामा मुग्लिङ्ग मा एउटा गाडी नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।